
काठमाडौं – सेप्टेम्बर ११ मा मारिएका व्यक्तिहरूलाई श्रद्धाञ्जलि दिनका लागि आयोजित समारोहमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले लगाएको लुगाको आलोचना भएको छ ।
उनको लुगामा पछिल्तिर गरिएको स्टिचिङ ट्विन टावरमा विमान ठोकाएको जस्तो देखिएको आलोचकहरूको दाबी छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मेलानियासँगको तस्वीर ट्विटरमा अप्लोड गरेपछि मानिसहरूले आलोचना शुरू गरेका थिए ।
मेलानियाले नीलो रंगको हर्भे पीएर कोट लगाएकी थिइन् र त्यसको पछिल्तिरको भागको स्टिचिङ गगनचुम्बी भवन जस्तो देखिएको बताए ।
त्यस डिजाइनमा रहेको टाँकघर सेतो धागोले गाँसिएको र यो विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकिएको तस्वीर जस्तै देखिने प्रयोगकर्ताहरूको भनाइ छ ।
मेलानियाको वस्त्रको आलोचना भएपछि ह्वाइट हाउसकी प्रवक्ता स्टेफानी ग्रिशमले मानिसहरू वाहियात कुरामा अल्झिएको बताइन् ।
एजेन्सी