०२ असार २०८३, मंगलबार

चीलले आक्रमण गरेर मार्‍यो मानिसको बच्चा

चीलले आक्रमण गरेर मार्‍यो मानिसको बच्चा

काठमाडौं – अफ्रिकी मुलुक इथियोपियामा एक चीलले बच्चालाई आक्रमण गरेपछि बच्चाको मृत्यु भएको छ । गाशामो जिल्लामा चीलको आक्रमण बढ्न थालेको स्थानीयहरूको गुनासो छ । 

एउटा चीलले नियमित आक्रमण गर्ने गरेको मानिसहरूको भनाइ छ । 

दुई अन्य बालबालिकामाथि चीलले आक्रमण गरेपछि उनीहरू घाइते भएका छन् । 

घाइते बालककी आमा मुनो शुएबले आफू घरमा हुँदा छोरा कराइरहेको सुनिन् । 

उनले भनिन्, ‘हामीहरू घरबाहिर आयौं । चीलले मेरो छोरोलाई भुइँमा राखेर टोकिरहेको देखें । ऊ ‘आमा, आमा’ भन्दै कराइरहेको थियो । म छोरोतिर दौडिएँ र चीलतिर लट्ठी फ्याँकें ।’

मुनोले त छोरोलाई जोगाइन् तर चीलका आक्रमण निकै खुँखार भएपछि प्रहरीले त्यसको खोजी गरिरहेको छ । उसलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिइएको छ । 

वरिष्ठ प्रहरी अधिकारी मोहमद हसनले उक्त क्षेत्रमा सुरक्षा बढाइएको बताए । 

चीलले कहिलेदेखि बच्चाहरूलाई तारो बनाउन थालेको प्रस्ट छैन तर चीलहरूले पहिलापहिला बच्चालाई शिकार ठान्ने गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्