३१ जेठ २०८३, आइतबार

गर्भभित्र चकचक गरिन् यी बच्चीले

गर्भभित्र चकचक गरिन् यी बच्चीले

काठमाडौं – महिलाको गर्भावस्थामा बच्चाको सही जानकारी पाउनका लागि अल्ट्रासाउन्ड राम्रो माध्यम हो । त्यसबाट बच्चाको हरेक गतिविधि पत्ता लाग्छ ।

अमेरिकाको भर्जिनियामा १७ वर्षीया इयाना क्यारिङटनको अल्ट्रासाउन्ड गराइयो । उनले २४ हप्ताको गर्भको स्क्यान गराउँदा स्क्रीनमा चकचक गरिरहेको बच्ची देखिइन् । बच्चाको चकचक देखेर चिकित्सकहरू पनि छक्क परे । बच्ची क्यामरातर्फ हेर्दै मुस्काएकी थिइन् । 

गर्भस्थ शिशु पूरै स्वस्थ रहेको चिकित्सकको कथन छ । शिशुको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आमाले ऊ निकै चकचके भएको अनि सुन्दर पनि रहेको बताइन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्