०९ असार २०८३, मंगलबार

टीशर्ट र कट्टु मात्र लगाएर भवनमा अड्किए यी व्यक्ति, कसरी पुगे त्यहाँ ? (भिडियो)

टीशर्ट र कट्टु मात्र लगाएर भवनमा अड्किए यी व्यक्ति, कसरी पुगे त्यहाँ ? (भिडियो)

काठमाडौं – चीनमा एक व्यक्ति भवनको ब्लकमा लड्नबाट बच्ने कोशिश गरेको भिडियो फूटेज सार्वजनिक भएको छ । 

उक्त व्यक्तिले टीशर्ट र कट्टु मात्र लगाएको देखिन्छ । उनी अग्लो भवनको अघिल्तिरको भागमा चिप्लिरहेका छन् अनि उनको ढाड भित्तामा अडेसिएको छ । एउटा गोडा चाहिँ अगाडिको पक्की खम्भामा राखेका छन् । 

ती मानिस लड्दालड्दै अड्किए तर निकै तल्लामाथि फसे । 

उनले एक हातले आपतकालीन फोन गरेको अनि अर्कोले शरीर थामेको देखिन्छ । 

पछि उनी भुइँमा पछारिएका देखिन्छन् । 

घटना मंगलवार दक्षिणी चीनको गुआङदोङ प्रान्तमा रहेको माओमिङ शहरमा भएको बताइएको छ । 

भिडियो वीबो नामक सामाजिक सञ्जालमा शेयर गरिएपछि केही प्रयोगकर्ताले ती व्यक्ति प्रेमिकासँग गोप्य भेटघाट गर्न जाँदा अचानक भाग्नुपरेकाले त्यस्तो अवस्थामा रहेको हुन सक्ने बताए । 

पछि ती व्यक्ति लडेर मरेको हल्ला पनि फिँजियो । 

प्रहरी अधिकारीहरूले यी हल्ला निराधार रहेको बताउँदै मानिसहरूलाई हल्ला नफैलाउन आग्रह गरे । 

प्रहरीले भिडियोमा देखिएको घटनापछि कोही मरेको खबर नआएको बतायो । आफूहरूले घटनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्