२२ जेठ २०८३, शुक्रबार

पन्ध्र वर्षपछि हत्या अभियुक्त पक्राउ

पन्ध्र वर्षपछि हत्या अभियुक्त पक्राउ

महोत्तरी - श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका–२ का विनोदसादा मुसहरलाई १५वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए ।

हत्यालगत्तै फरार भएका बिनोद बिहीबार साँझ घर आएको बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी) ले जनाएको छ ।

घरायसी भनाभनमा विनोदले ४० वर्षीया पत्नीलाई बञ्चरो हानेर हत्या गरेको घटना अभिलेखले देखाएको इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी) का प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

विनोदलाई घटनाको मिसिलसहित जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्