०६ असार २०८३, शनिबार

सुकुम्बासीको नाममा बाग्मतीको विकास रोकिँदैन : मन्त्री केसी

कात्तिक २०, २०७४
सुकुम्बासीको नाममा बाग्मतीको विकास रोकिँदैन : मन्त्री केसी
काठमाडौं, १८ चैत–शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासीको नाममा वाग्मतीको सभ्यता विकास नरोकिने बताएका छन् ।

उनलले वास्तविक सुकुम्बासीको वासको दायित्व राज्यले लिने तर सुकुम्बासीको आवरणमा हुकुमवासीहरूको विगविगी छ भने राज्यले टुलुटुलु हरेर बस्न नहुने बताएका छन् ।

मन्त्री केसीले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको वैठकलाई संबोधन गर्दै सुकुमवासीको व्यवस्थापन र चालू आयोजना चाडो सम्पन्न गर्न आफू मन्त्रालयको नेतृत्वमा रहुन्जेल बजेट अभाब हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा मन्त्रील केसीले बाग्मतीको विकास र सौन्दर्यको लागि नीतिगत भन्दापनि व्यवहारिक कार्यान्वयनको पाटो सबल हुनुपर्नेमा जोड थियो।

उनले जनजनमा वाग्मती सफा राख्नुपर्नेमा विमति नरहेकाले निर्माणाधिन आयोजना जतिसक्दो छिटो सम्पन्न गर्दै वाग्मतीको पानी प्रयोगले जनस्वास्थ्यमा असर नपर्ने परिस्थितिमा ल्याउनेतर्फ समिती क्रियासिल हुन निर्देशन दिनुभयो। यसैगरी सहरी विकास मन्त्रालयका सचिब दिपेन्द्रनाथ शर्माले वाग्मतीको एकीकृत विकासमा देखिएको समन्वय अभाबलाई चिर्न आफुले प्रभावकारी भुमिका निर्वाह गर्ने बताउदै बाग्मतीमा जलचर बाच्न सक्ने अवस्था सवैको सकारात्मक पहलकदमी आवश्यक रहेको बताए ।

समितिका अधिकांश सदस्यहरूको बाग्मतीको विकासको लागि दिर्घकालिन खाका आउनुपर्नेमा जोड थियो । बैंठकमा विभिन्न मन्त्रालयका प्रतिनिधी,लौहप्रतिष्ठित ब्याक्तित्वहरुको समेत उपस्तिथि रहेको अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत बिकास समिति सदस्य रमेश जम्कटेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्