०६ असार २०८३, शनिबार

गोरखा भूकम्पको तस्विर पुस्तक सार्वजनिक

कात्तिक २०, २०७४
गोरखा भूकम्पको तस्विर पुस्तक सार्वजनिक

काठमाडौं, १८ चैत– हिमालय क्षेत्रमा भूकम्प कसरी जान्छ र यस्तो अवस्थामा भौगोलिक बनावट कसरी सक्रिय रहन्छलगायतका विषयवस्तुमा आधारित भएर तस्बिरमा ‘गोरखा भूकम्प–२०७२’ नामक पुस्तक सार्वजनिक भएको छ ।

भिएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा सेन्टर फर डिजास्टर एन्ड क्लाइमेट चेन्ज स्टडिज नामक संस्थाले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा भूकम्प जाने प्रक्रिया, भूकम्पका विभिन्न अवस्थालगायत गतवर्ष गएको भूकम्पका क्षति, उद्धार, बाँँच्न सफल व्यक्तिका व्यथालाई तस्बिरसहित जीवन्त रुपमा चित्रण गरिएको छ ।

भूगर्भविद् डा दीपक चम्लागाईं र फोटोग्राफर लक्ष्मीप्रसाद नाखुसीले लेखन तथा सम्पादन गरेको सो पुस्तक १५२ पृष्ठको छ । पुस्तक लेखक डा चम्लागाईंका अनुसार पुस्तकमा विगतमा नेपाललगायत यस क्षेत्रमा गएका भूकम्प र यसका क्षतिका बारेमा पनि विस्तृत चर्चा गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक प्रा डा गोविन्द पोखरेलले आज ललितपुरमा आयोजित एक कार्यक्रममा सो पुस्तकको सार्वजनिक गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्