०५ साउन २०८३, मंगलबार

यी मानिस, जसले खानामा अन्न हैन सिसा खान्छन्

यी मानिस, जसले खानामा अन्न हैन सिसा खान्छन्

काठमाडौं–भोक लागेको समयमा तपाईं के खानुहुन्छ ? खाना, खाजा या अरु नै केही ?

तपाईंले सोच्न सक्नुहुन्छ, भोक लागेको समयमा खाने त यहि नै हो । तर यहाँ हामी यस्तो मानिसको चर्चा गर्दैछौं, जसले भोक लागेको समयमा अन्न हैन, काँचका टुक्राहरु खान्छन् । 

भारतमा एक यस्तो मानिस छन्, जसले खानाको रुपमा अन्न नभई काँच (सिसा) खान्छन् ।  यो मानिसले खानामा चामल, रोटी, फलफूल खाने गरेका छैनन् । भारतीय मिडिया आजतकका अनुसार, उनले आज भन्दा करिब ४५ वर्ष पहिले देखि नै सिसाखाँदै आएका हुन् । 

भारतको मध्य प्रदेशको डिन्डोरीमा बस्ने दयाराम साहुले करिब ४५ वर्ष अघि देखि नै काँच खाँदै आएका हुन् । उनी एक वकिल समेत हुन् । आफ्नो यो अनौठो बानीबारे उनी भन्छन्, यो मेरो लत नै भैसकेको छ, यसकै कारण मेरो दाँत पनि बिग्रिसकेको छ ।’

उनले मानिसलाई यस्तो बानीबाट बच्न सल्लाह दिएका छन् । उनले भनेका छन्, ‘म मानिसलाई भन्न चाहन्छु कि, तपाईंहरु कसैले पनि यस्तो बानी नबसाल्नुहोस, किनकी यो तपाईको शरिरका लागि खतरनाक हुन सक्छ ।’ 

उनले आफुले सिसाखाने बानी छोड्न चाहेको समेत बताएका छन् । उनका अनुसार, उनलाई कँच खानका लागि १४÷१५ वर्षको एक मानिसले सिकाएका हुन् । उनले भनेका छन्, ‘मैले पहिले एक दिनम एक किलो काँच चपाउँथें, जसका कारण  मेरो दात कमजोर भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्