३१ जेठ २०८३, आइतबार

‘मेरी फूलजस्ती नातिनीको आँखा फुटाइदिए पापीहरूले’

कात्तिक २०, २०७४
‘मेरी फूलजस्ती नातिनीको आँखा फुटाइदिए पापीहरूले’

काठमाडौं, १८ चैत — ‘मलाई आमा चाहियो,’ आफ्नी हजुरआमा आलियाको हातमा झुलिरहेकी हावरा बर्बराउँछिन् । यी साढे चार वर्षीया बालिकाले बिस्तारै ओठ चलाउन सक्छिन् ।


उनको अनुहारमा ससाना घाउहरू छन् । घाँटी र गोडामा पट्टी बाँधिएको छ । ती जलेका भागहरू अझै निको भएका छैनन् ।

उनी आँखा खोल्न सक्दिनन् किनकि एउटा आँखामा छर्रा अड्किएको छ । अर्को खोल्न पनि उनलाई गाह्रो छ । उनले फेरि देख्न सक्छिन् कि सक्दैनन् भन्नेमा चिकित्सकहरू विश्वस्त छैनन् ।

उनकी हजुरआमासँग कुनै शब्द छैन । आँखाबाट आँसु झर्न थाल्छन् उनका ।

चौध दिनअघिको हवाई आक्रमण हावराको गोडा भाँच्च्यिो र छर्रा अनुहार र ढाडमा लाग्यो ।

‘बरू मर्नु राम्रो हुन्थ्यो । म त यस्तो जीवन बाँच्नुभन्दा मर्न निको मान्छु । हावरा सानो फूलजस्ती थिइन् । उनी खेल्थिन्, कुद्थिन् । अहिले त उनकी आमा पनि छैनन्, आँखा पनि छैनन् । पापीहरूले उनको दुवै आँखा फुटाइदिए,’ आलिया भन्छिन् ।

हावराकी आमा १४ दिनअघि भएको एक हवाई आक्रमणमा मारिइन् । त्यो दिन अमेरिकी गठबन्धनले पश्चिम मोसुलमा धेरै हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा धेरै सर्वसाधारणहरू हताहत भएको समाचार आइरहेका छन् ।

यी हवाई आक्रमणलाई इराकी र अमेरिकी सरकार दुवैले अनुसन्धान गरिरहेका छन् ।

उक्त आक्रमणपछि १४१ वटा लाश निकालिसकिएको छ । भग्नावशेषभित्र अझै धेरै लाश दबिएका छन् ।

हावराका बुवा अला अल–ताईले आईएसका लडाकुहरूलाई घाइते छोरीको उपचारका लागि मोसुलबाट जान अनुरोध गरेपछि उनी अहिले पश्चिम एर्बिल अस्पतालमा उपचाररत छिन् ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्