काठमाडौं– भारतको कान्हीवाडा इलाकामा विहिवार राती नागिन नाच गर्दा एक युवकको मृत्यु भएको छ ।
भारतीय मिडियाका अनुसार राजकुमार ठाकुर अन्य युवकहरुसँग नाचिरहेका थिए । ती युवकहरु महिलाको भेषमा थिए ।
अहिले ती युवकको नाचेको भिडियो भाइरल भएको छ । डाक्टरका अनुसार, युवकको ब्रेन हेमरेजका कारण मृत्यु भएको हो ।
भाइरल भिडियोमा राजकुमार अन्य मित्रहरुसँग नाचिरहेका देखिन्छन् ।। पुलिसले यस भिडियोको सत्यता पुष्टि गरेको छ ।
कान्हीवाडा थानाका प्रहरीका अनुसार, कटिया गाउँमा गणेश उत्सवको अवसरमा विहिवार प्रतिमा विसर्जनपछि नाच कार्यक्रम शुरू भएको थियो । नागिन डान्स गर्ने ती युवक पनि यहीँ नानि डान्स गरिरहेका थिए ।