१५ असार २०८३, सोमबार

साँफे–मार्तडी राजमार्ग पहिरोले अवरुद्ध

साँफे–मार्तडी राजमार्ग पहिरोले अवरुद्ध
फाइल फोटो

बाजुरा – जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगंगा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ ।

शुक्रवार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिवार बिहान जेसीबी प्रयोग गरी सडक सञ्चालन भएपनि मध्याह्न पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार अम्कोटमा बिहान आएको पहिरो पन्छ्याएको भएपनि एकैचोटी ठूलो पहिरो आएकाले जेसीबीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुंगानाको भनाइ छ ।

लगातार पहिरो खस्ने कार्य नरोकिएकाले शनिवारै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । उनले पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतवार सडक मर्मत गरी पुनः सञ्चालन हुने प्रजिअ न्यौपानेले बताए ।

सडकमा पटक–पटक पहिरो जान थालेपछि स्थानीयले सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बहाना देखाउँदै यातायात व्यवसायीले चर्काे भाडा असुल्ने भएको बताइएको छ ।

राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन समेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी पृथ्वी रावलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्