०५ असार २०८३, शुक्रबार

साताको शेयर बजार : १ अर्ब ५६ करोडको कारोबार

साताको शेयर बजार : १ अर्ब ५६ करोडको कारोबार
प्रतिकात्मक तस्वीर

काठमाडौं – धितोपत्र बजारमा यस साता पनि शेयर कारोबार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस टे«न्ड’मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए ।

साताभरिमा नेप्से ३३.१९ अंकले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो । 

साताभर १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर १ अर्ब ५६ करोड ३ लाख ९९ हजार बराबरको कारोवार भयो ।

गत बिहीवार अर्थात् भदौ १९ गते नेप्से ३.७ बिन्दूले घटेर १ हजार १९१.०७ बिन्दूमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरू भएको थियो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो । परिसूचक १२.६१ बिन्दूले घटेर १ हजार १७८.४६ मा झर्‍यो ।

नेप्से घटेपछि कारोबार रकम पनि सामान्य नै रहन पुग्यो । १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर ३० करोड ५३ लाख १० हजार ७१९ रुपैयाँमा कारोबार भयो । 

सोमवार पनि बजारको अवस्था उस्तै रह्यो । त्यसदिन १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर २९ करोड ९२ लाख रुपैयाँमा कारोबार भयो । 

साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २.२४ बिन्दूले घटेर १ हजार १६६.६७ बिन्दूमा झर्‍यो । १७२ कम्पनीको ९ लाख ९२ हजार १२२ कित्ता शेयर २३ करोड ७९ लाख ५९ हजार ६५३ रुपैयाँ मूल्यमा खरीद–बिक्री भए । 

बुधवार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अंकले घटेर १ हजार १६३.२१ रुपैयाँमा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता शेयर ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँमा कारोबार भयो । 

साताको शुरूआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्‍यो । सो दिन नेप्से परिसूचक ५.३३ अंकले घटेर १ हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपैयाँमा खरीद–बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोबार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोबारसम्बन्धी कार्यविधि २०७५’ अनुसार उनीहरूलाई अनुमति दिइएको हो ।

मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोबारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्