१४ असार २०८३, आइतबार

कांग्रेसद्वारा भट्टको निधनमा दुःख व्यक्त

कांग्रेसद्वारा भट्टको निधनमा दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको क्रियाशिल सदस्य शोभा भट्टको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिवार शोक विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुको बहिनीसमेत रहेकी भट्टको निधनमा दुःख व्यक्त गरेका हुन् ।

क्यान्सर रोगबाट पीडित ६२ वर्षीय भट्टको शनिवार ललितपुरको लगनखेलस्थित हरिसिद्धी अस्पतालमा निधन भएको हो । भट्टले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

भट्टको निधनमा पार्टी सभापति शेरबहादुर देउवाले समेत गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चीरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्