०७ असार २०८३, आइतबार

उपत्यका विकास प्राधिकरण खाली जमिन संरक्षण गर्न जुट्यो, बन्दैछ पार्क

भदौ २९, २०७६
उपत्यका विकास प्राधिकरण खाली जमिन संरक्षण गर्न जुट्यो, बन्दैछ पार्क

काठमाडौं  - नेपाल भूकम्पीय जोखिम भएका देशमध्ये ११ औं नम्बरमा पर्छ। नेपालका जिल्लामध्ये बढी जोखिममा छ– काठमाडौं। जमिनको भारवहन क्षमताभन्दा बढी भवन निर्माण भइरहेको विज्ञहरू बताउँछन्। काठमाडौं महानगरपालिकामा जनसंख्या र भवनको अत्यधिक चापले गर्दा विपद्का बेला भाग्ने ठाउँसम्म छैन। ०७२ सालको भूकम्पपछि खाली जमिन राख्ने धेरै बहस भए पनि काममा भने तदारुकता देखिएन।

तर, अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली जमिन संरक्षण गर्न सुरु गरेको छ। संरक्षण गरिएको जमिनमा पार्क बनाउने कार्य सुरु भएको हो। प्राधिकरणअन्तर्गत काठमाडौं जिल्लाका सूचना अधिकारी सुरेश रेग्मीले स्थानीय तहबाट आएको प्रस्तावबाट जमिनको अवस्था हेरी संरक्षण भइरहेको बताए। रेग्मीका अनुसार अहिले खुला ठाउँको संरक्षण गर्ने र आधारभूत संरचना बनाइरहेको छ। ‘दुई किसिमले काम भइरहेको छ,’ उनले भने, ‘पार्क बनाउने र विपद्मा बस्न सक्ने ठाउँको संरक्षण भइरहेको छ।’ अन्नपूर्ण पाेस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्