२५ जेठ २०८३, सोमबार

प्रहरीले दियो ज्ञानेन्द्र शाहीलाई 'सुरक्षा'

प्रहरीले दियो ज्ञानेन्द्र शाहीलाई 'सुरक्षा'
फाइल तस्वीर

काठमाडौं- कुपण्डोलमा पत्रकार सम्मेलन गरिरहेका आफूलाई भ्रष्टचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिन भन्दै ललितपुर प्रहरी परिसर लगेको छ । 

पत्रकार सम्मेलनमा लफडा हुन सक्ने भन्दै शाहीलाई सुरक्षा दिन ललितपुर प्रहरी परिसर ल्याइएको एसएसपी टेकप्रसाद राईले जानकारी दिए । 

उनले भने, 'केही घटना नहोस् भन्नका लागि हामीले उहाँलाई परिसर ल्याएका हौं ।'

शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिला भएको भन्दै ज्ञानेन्द्र शाही नेतृत्वको समूहले विरोध तथा गालीगलौच गरेको थियो । तर मन्त्रीले आफ्नो कारण उडान १५ मिनेट ढिला भएको भन्दै माफी मागिसकेका छन् । 

कुपण्डोलको सिटी क्याफेमा कार्यक्रम राखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्