२२ जेठ २०८३, शुक्रबार

ह्याङ ग्लाइडिङ गर्दैगर्दा प्याराग्लाइडरसँग ठोकिएर रुखमा दुई घण्टा अड्किए यी व्यक्ति (भिडियो)

ह्याङ ग्लाइडिङ गर्दैगर्दा प्याराग्लाइडरसँग ठोकिएर रुखमा दुई घण्टा अड्किए यी व्यक्ति (भिडियो)

काठमाडौं – क्यानडाको क्युबेकमा रहेको मों यामासाकामाथि ह्याङ ग्लाइडिङ गरिरहेका एक व्यक्ति जंगलमा झरेर एउटा रुखमा दुई घण्टासम्म अड्किएका छन् । दुईजना प्याराग्लाइडरहरू उनीसँग नाटकीय रूपमा ठोकिएपछि उनी लड्न पुगेका थिए ।

ती व्यक्तिको नाम लुइस चार्लान्ड हो र उनी गत साता मों यामासाकामाथि ह्याङ ग्लाइडिङ गरिरहेका थिए । 

उनले लगाएको गोप्रो क्यामरामा कैद फूटेजमा चार्लान्ड हावामा उडेको देखिन्छ । 

ग्लाइडिङ गर्ने क्रममा उनले यामासाकाका सुन्दर डाँडाहरूको दृश्य कैद गरेका थिए । अचानक दुईजना प्याराग्लाइडर उनीकहाँ आइपुग्छन् । 

‘प्याराग्लाइडरमा रहेका दुईजनाले अघिल्तिर नहेरेपछि मसँग ठोकिन आइपुगेका थिए,’ चार्लान्डले भने । 

प्याराग्लाइडरका डोरी र पखेटा चार्लान्डसँग अल्झिन पुग्छन् तर उनीहरू त्यसपछि पनि उडिरहन्छन् । 

चार्लान्ड त्यसपछि जंगलतिर हुर्रिन्छन् । 

फूटेजमा उनी रुखमा ठोकिएको र त्यहीँ अड्किएको देखिन्छ । 

चार्लान्डका अनुसार, यो घटना देखेका मानिसले सहायताको गुहार लगाएका थिए । 

उनले भने, ‘म रुखमा दुई घण्टासम्म अड्किएँ । राति ८ बजे बल्ल मेरो उद्धार भयो ।’

सौभाग्यवश उनलाई कुनै चोटपटक लागेन । घाँटीमा हल्का कोरिएको मात्र छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्