
काठमाडौं – थाइल्यान्डमा एक प्रहरी अधिकारीले सडकमा लोकगीत गाउँदै नाच्दै हिँडिरहेको समूह देखेपछि नाच्दै नाच्दै ट्राफिक व्यवस्थापन गरेका छन् ।
कानासा चाएमसवाङले मुएङ रातचाबुरी नामक स्थानमा नाची नाची मानिसको ध्यान आकर्षण गरेका हुन् ।
यसको भिडियो फूटेजमा ती ट्राफिक अधिकारीले सिट्ठी बजाउँदै कारहरूलाई दिशानिर्देश गरेका थिए ।
हेरालुहरूले ती ट्राफिक अधिकारीका नृत्य मोबाइलको भिडियोमा कब्जा गरेका थिए ।
उनले हाइभिज ज्याकेट र हेल्मेट लगाएर नाच्दै ट्राफिक व्यवस्थापन गरेका हुन् ।
एजेन्सी