
काठमाडौं – तिब्बतका भिराला पहाडहरूमा सन्तुलन मिलाएर हिँडिरहेका झारलहरूको भिडियो हेरेर दर्शकहरू तीनछक्क परेका छन् । उनीहरू अक्करे भीरमा पनि नलडिकन मज्जाले हिँडेको देखिन्छ ।
संरक्षण जीववैज्ञानिक इमोजिन क्यान्सलेरले ट्विटरमा यो भिडियो राखेका हुन् । भिडियो दश लाखपटकभन्दा बढी हेरिसकिएको छ ।
छक्क परेका एक प्रयोगकर्ताले यो स्पाइडरम्यानभन्दा हजार गुणा गजबको भएको बताए भने अन्यले झारललाई स्पाइडर शीप नाम दिए ।
झारलको समूह भीरबाट तल ओर्लिरहेको देखिन्छ ।
केही प्रयोगकर्ताले यो दृष्टिभ्रम हो कि समेत भने ।
झारल शिकारीहरूबाट बच्नका लागि अक्करे भीरमा पनि सजिलै चढ्न सक्छ ।
एजेन्सी