२१ असार २०८३, आइतबार

प्रहरी स्कुलमा भएको घटना छानविन गर्न संसदीय उपसमिति गठन

कात्तिक २०, २०७४
प्रहरी स्कुलमा भएको घटना छानविन गर्न संसदीय उपसमिति गठन
काठमाडौं १८ चैत्र - व्यबस्थापिका संसदको मानव अधिकार तथा सामाजिक न्याय समितिले नेपाल प्रहरीले काठमाण्डौको सामाखुसिमा सञ्चालित विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थी कुन्दन थापाको रहस्यमय मृत्युको सम्वन्धमा आवश्यक अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेश गर्न समितिका सदस्य ओङदी शेर्पाको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
संसद सचिवाल सिंहदरवामा शुक्रवार बसेको समिति बैठकले शेर्पाको संयोजकत्वमा उषा यादव, खड्ग बहादुर बस्याल सार्की, लक्ष्मी थापा पासवान र सविया प्रविण सदस्य रहेको उपसमिति गठन गरेको समितिका उपसचिव सञ्जय दाहालले जानकारी दिए ।
यसअघि बुधवार दिउसो कक्षा ८ मा पढ्ने बिद्यार्थीको रहस्यमय ढंगले मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्