×

NMB BANK
NIC ASIA

बीमा कम्पनीको नयाँ चुक्तापूँजी तोकियो, अब कसरी बढाउलान् ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, १८ चैत — जीवन बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । २०४९ सालको बीमा ऐनमा कायम गरिएको चुक्ता पूँजीको दायरालाई चार गुणाले बढाइएको जीवन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

उनका अनुसार जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी चाहिँ एक अर्ब बनाउने पर्ने निर्णय समितिले गरेको हो । हाल नेपालमा नौवटा जीवन बीमा कम्पनी र १७ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् ।

२०७५ सालको असार मसान्तसम्ममा अनिवार्य रूपमा समितिले तोकेको चुक्ता पूँजी बढाउनुपर्ने गरी निर्णय गरिएको हो । ‘विगत लामो समयदेखि यो विषयमा विवाद रहेको थियो,’ चापागाईंले भने, ‘अन्ततः हामीले यो विषयलाई टुंग्याएका छौं ।’

पहिले ऐन बनाउँदा ऐनमै चुक्ता पूँजी तोकिएको भएपनि अहिले त्यो विषय हटाइएको उनले बताए । ‘पहिले कमजोरीस्वरूप त्यहाँ सीमा तोकिएको थियो, यो ऐनमा उल्लेख गर्ने विषय थिएन,’ उनले भने, ‘बन्दै गरेको नयाँ ऐनमा चाहिँ हामीले बीमा समितिले तोकेअनुसार चुक्ता पूँजी बनाउनुपर्ने व्यवस्था गरिएको छ ।’

उनले बैंक तथा अरू वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेअनुसार बनाउनुपर्ने प्रचलन रहेबमोजिम बीमाहरूले चाहिँ बीमा समितिले तोकेअनुसार बनाउनुपर्ने निर्णय गरिएको हो ।

उनका अनुसार बीमा कम्पनीहरूले बोनस तथा हकप्रदमार्फत चुक्ता पूँजी तोक्नेछन् । ‘बोनस र राइट मार्फत नै चुक्ता पूँजी बढाउनुपर्ने बाटो हुन्छ,’ उनले भने, ‘चुक्ता पूँजी बढेसँगै सर्वसाधारणको पैसाको जोखिम कम हुनेछ भने कम्पनीहरूको जोखिम मोल्नसक्ने क्षमता पनि बढ्नेछ ।’

उनका अनुसार नयाँ बन्न थालेको ऐन अहिले अर्थ मन्त्रालयबाट कानून मन्त्रालयमा गएको छ । त्यहाँबाट अर्थ मन्त्रालयमा फिर्ता भएपनि ऐन मन्त्रिपरिषदमा जानेछ । त्यहाँबाट सदनमा विधेयक प्रस्तुत गरिनेछ । अहिले बीमा कम्पनीहरूको चुक्ता पूँजी १६ करोड देखि सबा दुई अर्बसम्म छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x