
काठमाडौं– छोराको मृत्यु भएको शोकमा बुवाले आत्महत्या गरेका छन् ।
पाल्पाको तानसेनस्थित सूर्योदय टेलिभिजनका अध्यक्ष एवं मेलेनियम कलेजका प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाको हृदयाघातका कारण मृत्यु भएको शोकमा उनका बुवा भीमराज तिमिल्सिनाले आत्महत्या गरेका हुन् ।
४० वर्षीय छोराको मृत्यु भएको दुईदिनपछि शनिवार राति बुवाले आत्महत्या गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र जीसीले लोकान्तरसँग गरे ।
६५ वर्षीय तिमिल्सिना लिचीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
बुवा र छोरा दुवैको मृत्युपछि परिवार शोकमा डुबेको छ ।