काठमाडौं–नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो ।
आज (सोमवार)देखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ । अधिकृतस्तरको सहायक प्रवन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ ।
प्रदेश नम्बर ३ का लागि १ सय ६७ जना कर्मचारी आह्वान गरिएको छ । सोमवार गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्
