०४ असार २०८३, बिहीबार

एकैदिन ११ सयले बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

एकैदिन ११ सयले बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

काठमाडौं– नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्य सोमवार हजार रुपैयाँभन्दा बढिले बढेको हो ।  

नेपाली बजारमा सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतवारको तुलनामा सोमवार छापावाल सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, सोमवार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । 

सोमवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्