काठमाडौं – भारतीय टेलिभिजनको द कपिल शर्मा शोमा सुनिल ग्रोवर फर्किने संकेत पाइएको छ । रिंकु भाभी र डाक्टर मशहूर गुलाटीको भूमिकामा देखिएर सुनिलले कुनै बेलामा तहल्का मच्चाएका थिए ।
सुनिल ग्रोवर र कपिल शर्माको जोडीले उक्त शोमा निकै हँसाउने गरेको थियो । तर कपिलले सुनिललाई दुर्व्यवहार गरेर चित्त दुखाएपछि सुनिल शो छोडेर गएका थिए ।
अहिले आएर सुनिलले एउटा ट्वीट गर्दा मानिसले त्यसमा कपिलको शोमा फर्किने संकेत भनी व्याख्या गरेका छन् ।
ट्वीटमा सुनिलले लेखे, ‘सबैकुरा हुँदै जान्छ । केही पनि सधैं रहन्छ भन्ने छैन । त्यसैले आभारको भाव राख । यो र्न मूल मन्त्र हो । अनि अँ, बेस्सरी हाँस...।’
Everything is going to come. Nothing is going to stay forever . So Just have gratitude. That is the key. And yes, laugh a lot. 🙏 baaki ... mere husband mujhko...
— Sunil Grover (@WhoSunilGrover) September 15, 2019
एजेन्सी