१२ असार २०८३, शुक्रबार

मनास्लु हिमालमा आरोहीको ओइरो

मनास्लु हिमालमा आरोहीको ओइरो

काठमाडौं –यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथा सहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस याममा सगरमाथा सहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । 

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ ।

गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि सोमवारसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् ।

सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि २ आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । 

धौलागिरि हिमाल आरोहणका लागि २ आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म ३ करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।

आरोही दशैं र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको संख्या बढ्नसक्ने विभागको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्