१३ असार २०८३, शनिबार

सुरु भयो खाद्य मेला

कात्तिक २०, २०७४
सुरु भयो खाद्य मेला

काठमाडौं, १८ चैत –‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ मूल नाराका साथ राजधानीमा खाद्य मेला सुरु भएको छ । विभिन्न संस्थासँगको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त मेला आयोजना गरेको हो ।

शुक्रबार भृकुटीमण्डपमा आयोजित मेला उद्घाटन गर्दै कृषि विकासमन्त्री गौरीशंकर चौधरीले स्वस्थ जीवन र पौष्टिकताका लागि खानेवानीमा परिर्वतन आवश्यक रहेको बताए । कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले जथाभावीरुपमा बजारमा पाइने खानेकुराको उपभोगले जनस्वास्थ असर बढ्दै गएसँगै पछिल्लो समय परम्परागत खानाका परिकारप्रति आकर्षण बढ्दै गएको बताए ।

स्थानीय स्तरमा उपलव्ध परम्परागत खानाकै कारण पिता पुर्खाहरु स्वस्थ र सवल रहेकोमा नयाँ पुस्तामा बजारको प्याकिङ खाद्य वस्तुप्रतिको आकर्षण स्वस्थ बिग्रिदै गएको भन्दै स्वस्थता र पौष्टिकताका लागि पछिल्लो समय परम्परागत खानका परिकारप्रति आकर्षण बढ्न थालेको बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतमा आफ्ना वालवालिकालाई विद्यालय पठाउँदा आमाहरुले घरमै खाजा बनाएर पठाउने गरेकोमा अहिले बजारमा पाइने खान खाजा किन्नका लागि पैसा दिएर पठाउने प्रवृत्तिका कारण विभिन्न किसिमका रोगहरु फैलिदै गएको बताए ।

खाने बानी परिर्वतनका लागि खाद्य मेलाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मेलालाई ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिबकुमार कर्णले स्थानीयस्तरमा उपलव्ध खाद्य वस्तुहरुको पौष्टिक र स्वस्थकर भएपनि जनचेतनाको कमीले बजारकै खाद्य वस्तु उपभोग गर्ने प्रचलन रहेको भन्दै स्थानीय खाद्य वस्तुको प्रवद्र्धन मेला निकै उपयोगी हुनसक्ने बताए ।

मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १५ वटा स्टल, संघसंस्थाका जानकारीमूलक २० स्टल विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु तथा उपकरण ४५ गरी कुल ८० स्टल रहेका छन् । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारको प्रचारप्रसार गर्ने, अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी विविध जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्