
काठमाडौं – मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी मातृशोकमा पर्नुभएको छ ।
उहाँकी ९० वर्षीय आमा चित्राकुमारी रेग्मीको उपचारको क्रममा सोमवार राति साढे ११ बजे सिभिल अस्पतालमा निधन भएको हो ।
उहाँ मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्व. रेग्मीका ३ छोरा र ४ छोरी हुनुहुन्छ । जसमध्ये पूर्व अध्यक्ष रेग्मी ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।
मृतक रेग्मीको दाहसंस्कार मंगलवार बिहान ४ बजे पशुपति आर्यघाटमा गरिएको छ । उहाँको क्रियाकर्म समेत पशुपति क्षेत्रमै भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।