१५ असार २०८३, सोमबार

सासू-बुहारी हत्या प्रकरण : पेस्तोलसहित समातिए विष्णुकुमार

कात्तिक २०, २०७४
सासू-बुहारी हत्या प्रकरण : पेस्तोलसहित समातिए विष्णुकुमार


विराटनगर, १८ चैत - मोरङको कटहरीस्थित आदर्श टोलमा सासू र बुहारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आज एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

यही चैत ४ गते दुवै जनाको निधारमा गोली हानी हत्या भएको थियो । हत्याको आरोप लागेका विराटनगर–१२ विष्णुकुमार डागालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको हो । उक्त घटनामा ४४ वर्षीया दीपा निरौला र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराईको मृत्यु भएको थियो ।

अभियुक्तका साथबाट प्रहरीले अमेरिकामा निर्मित म्यागजिनसहितको पेस्तोल तथा अस्मिता र दीपाले प्रयोग गर्ने मोबाइल एक एक थान पनि बरामद गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्