काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले मंगलवार परेको मोदीको जन्मदिनमा शुभकामना दिएका थिए । शुभकामनाको जवाफ दिँदै मोदीले नेपाली भाषामा धन्यवाद भनेका छन् ।
'मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु,' ओलीले मंगलवार बिहान दिएको शुभकामनाको जवाफ दिँदै ट्वीट गरेका छन्, 'यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।'
प्रधानमन्त्री ओलीले ३ वटा भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए । मंगलवार बिहान तीनवटा ट्वीट गर्दै ओलीले अंग्रेजी, हिन्दी र गुजरातीमा मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।
मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु । @kpsharmaoli https://t.co/V4UleRyeF7
— Narendra Modi (@narendramodi) September 17, 2019