१६ असार २०८३, मंगलबार

उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

काठमाडौं – टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ ।

नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । सम्मान स्वरुप टाटा मोटर्सले टाटा एच फाईभ प्रदान गरेको छ । 

कार्यक्रममा टाटा मोटर्सका आई बी हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठद्वारा सयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइदिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अरु जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरेका छन् ।

टाटालाई टाटा जेन्युईन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायी सहकार्य गदै देश भरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रम लिएर आउनका साथै आउँदा दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरलाई लक्षित गरी विविध कार्यक्रम ल्याइने कुरा सिप्रदी अटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्