१० असार २०८३, बुधबार

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

असोज १, २०७६
५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

काठमाडौं।सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो।

१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ। ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।नेपाल समाचारपत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्