०४ असार २०८३, बिहीबार

विमानको शीशामा मौरीहरू आएर बसेपछि उडानमा ढिलाइ

विमानको शीशामा मौरीहरू आएर बसेपछि उडानमा ढिलाइ

काठमाडौं – भारतको कोलकाताबाट अगरतला जान लागेको एयर इन्डियाको ७४३ उडान हुनुअघि मौरीहरू विमानको शीशामा झुम्मिन आएपछि साढे दुई घन्टा ढिलाइ भएको छ । 

मौरीहरू देब्रेतिरका शीशामा झुम्मिन आइपुगेका थिए र पाइलटको दृष्टि छेक्न पुगेका थिए । 

वाइपरहरूले मौरी हटाउन सकेका थिएनन् । विमानस्थलको अग्निनियन्त्रक समूहले पानीको फोहोरा चलाएपछि मात्र मौरी भागेका थिए । 

विमान पहिले नै प्राविधिक समस्याका कारण ९० मिनट ढिलो भइसकेको थियो । त्यसमाथि मौरीका कारण थप एक घन्टाको ढिलाइ भएको थियो । 

कोलकाताबाट अगरतलाको उडान दूरी जम्मा एक घन्टा छ । 

‘विमान पार्किङ बेबाट निर्धारित समयमै गुडेको थियो तर प्राविधिक समस्या आएपछि फेरि पार्किङ बेमा फर्किएको थियो,’ कोलकाता विमानस्थलका निर्देशक कौशिक भट्टाचार्यले बताए । 

त्यसपछि मौरीको आक्रमण भयो अनि तिनीहरूलाई हटाउन अर्को एक घन्टा खर्च भयो ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्