०५ असार २०८३, शुक्रबार

प्रदेश २ को चुनाव सार्न प्रधानमन्त्रीको प्रस्ताव

कात्तिक २०, २०७४
प्रदेश २ को चुनाव सार्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं, १९ चैत - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन पछि सार्न प्रस्ताव गरेका छन्, आजको नेपाल समाचारपत्रमा खबर छ |Prachanda
दुई नम्बर प्रदेशमा निर्वाचनको वातावरण बन्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा अन्य सबै प्रदेशमा निर्वाचन गर्ने र जेठ मसान्तभित्र दुई नम्बर प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेका हुन्।
चीन भ्रमणपछि शुक्रबार सत्तारुढ नेपाली कांग्रेससहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गराउने प्रस्ताव राखेका हुन्।
दुई चरणमा निर्वाचन गर्दा अप्ठ्यारो हुने सत्तारुढ दलकै नेताहरुले बताएपछि प्रधानमन्त्रीले दुई दिनभित्रै सहमति गर्ने बताए। छलफलमा प्रधानमन्त्रीले भने, 'शीर्ष नेतृत्वसँग छलफल गरी अन्तिम निश्कर्षका लागि मलाइ दुई दिन अझै दिनुस्। दुई दिनभित्र सबै कुरा मिल्नेछ।'
मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने 'प्रधानमन्त्रीले पुन पुरानै प्रस्ताव राख्नुभयो। उहाँले दुई नम्बर प्रदेशमा अहिले नै निर्वाचन सम्भव नभए दोश्रो चरणमा गर्ने कुरा पनि उठाउनुभयो। तर हामी मानेनौं। सत्ता पक्षको मुड सहमति गर्ने जस्तो लागेन त्यही भएर आज कुनै सहमति भएन।'

salt training

कमेन्ट गर्नुहोस्