२४ जेठ २०८३, आइतबार

यी हुन् रजस्वला बन्द हुँदा देखिने समस्या र समाधानका उपाय

कात्तिक २०, २०७४
यी हुन्  रजस्वला बन्द हुँदा देखिने समस्या र समाधानका उपाय
रजोनिवृत्ति अर्थात् महिनावारी सुक्नु महिलाको शरीरमा आउने सामान्य परिवर्तन हो । महिलाको अण्डाशयबाट डिम्बहरू उत्पादन हुन्छन् । ती डिम्बबाट र अण्डाशयबाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरू निस्कन्छन् । यी हर्मोनको प्रभावले पाठेघरको भित्री तहमा हुने परिवर्तनको कारण महिनावारी वा रजस्वला हुन्छ ।
महिलाको उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बहरूको संख्या पनि घट्दै जान्छ र बिस्तारै रित्तिन्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा डिम्बको संख्या साह्रै न्यून हुन्छ । बिस्तारै डिम्ब सकिन्छ र अण्डाशयबाट डिम्ब निस्कन बन्द हुन्छ । जसको फलस्वरूप रजोनिवृत्ति बन्द हुन्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ ।rajawhwala


महिनावारी सुक्नु तथा माथि उल्लेखित लक्षण देखिनु कुनै रोग होइन । यो सबै महिलामा देखापर्ने प्राकृतिक अवस्था नै हो । । यस्ता समस्याका समाधान पनि छन् ।
एस्ट्रोजिन हर्मोनले शरीरका तन्तुहरू तन्काउन मद्दत गर्छ । यो हर्मोनको कमी भएपछि पाठेघर तथा पिसाबथैली आफ्नो स्थानमा अड्काइराख्ने तन्तुहरू पनि खुकुला तथा कमजोर हुन थाल्छन् । जसले गर्दा पिसाबथैली र पाठेघर आफ्नो ठाउँबाट तल खस्ने सम्भावना बढी हुन्छ । पिसाबथैली आफ्नो ठाउँबाट खस्केपछि हाँस्दा, खोक्दा, हाछ्युँ गर्दा तथा सामान उचाल्दा पनि पिसाब झर्ने समस्या निम्तिन्छ । त्यस्तै, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पटक–पटक पिसाबथैलीमा संक्रमण भइराख्ने हुन सक्छ । कसै–कसैमा पिसाब रोकिने समस्या पनि हुन सक्छ ।

हर्मोनहरूको कमीले महिनावारी त सुक्छ नै, योबाहेक योनि सुक्खा हुने समस्या निम्तिन सक्छ । त्यस्तै, योनिको बाहिर चिलाउने र पोल्ने समस्या हुन सक्छ ।

रजोनिवृत्ति भएपछि यौनेच्छा कम भएर जान्छ । योनि सुक्खा हुने भएकाले यौनसम्पर्क गर्दा पनि दुखाइ हुन्छ । जिउ तात्ने, चिसो पसिना आउने तथा निद्रा नपर्ने समस्याले यो उमेरका महिलालाई सबैभन्दा बढी दुुःख दिएको पाइन्छ । बहुसंख्यक महिलामा जीवनशैली परिवर्तन गरेर पनि धेरै समस्याको समाधान गर्न सकिन्छ । केहीलाई सामान्य उपचारको आवश्यकता पर्दछ भने केहीलाई हर्मोन दिएर नै उपचार गर्नुपर्ने हुन्छ ।


जिउ तात्दा काम गर्ने ठाउँमा तथा शयनकक्षमा पंखाको प्रयोग गर्न सकिन्छ । त्यस्तै, चिसो पानीले नुहाउने । पातलो र तह–तह भएको लुगा लगाउँदा पनि फाइदा नै हुन्छ । यस्तो समयमा खाली नबसी केही न केही काममा व्यस्त भइरहने गर्नुपर्छ । समय मिलाएर योग तथा व्यायाम गर्दा पनि लाभदायक हुन्छ । तौल बढी भएका महिलाले तौल घटाउने तरिका अवलम्बन गर्नुपर्छ । त्यस्तै, धूम्रपान तथा मध्यपान गर्ने बानी भएमा तत्काल त्याग्नुपर्छ । दैनिक भोजनमा पनि मसालाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । भटमास, तोफु, गेडागुडी, सागपात तथा फल र दूधको मात्रा बढाउनुपर्छ ।
- स्त्री तथा प्रसूतिरोग विशेषज्ञ प्रा.डा. पदमराज पन्तको टिप्स नयाँ पत्रिकाबाट साभार

salt training

कमेन्ट गर्नुहोस्