
काठमाडौं – संसारमा अहिले पाँच हजार मात्र काला गैंडा छन् । तीमध्ये दुई गैंडाले भिडन्त गरेको भिडियो सार्वजनिक भएको छ ।
नामिबियाको एटोशा राष्ट्रिय निकुञ्जमा रोक्को टालियाले खाग निकालिएको कालो गैंडा अर्को गैंडासँग भिडेको भिडियो खिचेका हुन् ।
उनीहरू एकअर्कातिर अघि बढेको अनि खाग निकालिएको ठूलो गैंडा आक्रामक बनेको देखिन्छ ।
ठूलो गैंडाले अर्कोलाई पल्टाउँछ र आक्रमण गरिरहन्छ ।
उनीहरू केही मिनटका लागि लडिरहन्छन् ।
ठूलो गैंडाले बल प्रयोग गरेर प्रतिद्वन्द्वीलाई धकेलेको थियो ।
भीषण भिडन्तलाई जेब्राहरूले ध्यान दिएर हेरेका थिए ।
भिडियो हेर्न यसमा क्लिक गर्नुहोला ।
एजेन्सी