२६ असार २०८३, शुक्रबार

नेमकिपाको सातौं महाधिवेशन शुक्रवाटदेखि हुँदै

नेमकिपाको सातौं महाधिवेशन शुक्रवाटदेखि हुँदै

काठमाडौं – नेपाल मजदूर किसान पार्टीको सातौं महाधिवेशन शुक्रवाट शुरू हुने भएको छ ।

नेमकिपाका सचिव प्रेम सुवालले बिहीवार विज्ञप्तिमार्फत शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको ३ दिने महाधिवेशन शुरू हुने जानकारी दिए ।

नेमकिपाका सचिव सुवालका अनुसार भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौंको कोटेश्वर गरी ३ ठाउँबाट एकैसाथ बाजागाजाका साथ र्‍याली शुरू गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् ।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले देशमा अहिले नेकपाको दुईतिहाइको सरकार भएपनि देशको खुला सिमानाका कारण सुरक्षित हुन नसकेको टिप्पणी गर्दै भारतले एकतर्फी रुपमा बनाएको बाँध र तटबन्धको कारण वर्सेनी तराई भूमि डुबानमा परिरहेको, हाल अहिले १३ खर्बभन्दा बढीको व्यापार घाटा रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको, महंगी बढ्दै गएको, ७० लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएकोले यसको समस्याको समाधानका लागि नेमकिपाले आवाज उठाउँदै आइरहेको बताए ।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौंको खुलामञ्चमा छैठौं महाधिवेशन गरिएको थियो । पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन् । हाल २५ सदस्यीय केन्द्रीय समिति रहेको नेमकिपामा सातांै महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्