२६ असार २०८३, शुक्रबार

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
फाइल तस्वीर

इस्लामाबाद-पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियाको भ्रमणमा गएका छन् । 

संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रममा साउदी अरेबिया पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ 
साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको “गम्भीर अवस्था“ को विभिन्न विषयमा छलफल गर्नेछन् । उनले  काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहनु भएको  कुरा प्रधान मन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । 
 प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्ने अनुमान गरिएको छ । 

साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गर्नु भएको थियो । पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्