०५ साउन २०८३, मंगलबार

मुख्यमन्त्री, पत्रकार र खेलकुदको टोलीलाई हराउँदै कर्मचारीले जिते उपाधि

मुख्यमन्त्री, पत्रकार र खेलकुदको टोलीलाई हराउँदै कर्मचारीले जिते उपाधि

चिप्लेढुङ्गा – संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ । 

बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो ।

राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्यालले गरेका थिए भने खेलकुद सङ्घको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गरेका थिए ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकुद सङ्घ पछिल्लो तीन सेटमा पराजित हुन पुग्यो ।

खेलकुद सङ्घले उद्योग वाणिज्य सङ्घका समूहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने कर्मचारी समूहले मुख्यमन्त्री तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 

विजयी तथा सहभागी खेलाडीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्