काठमाडौँ, १९ चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री दिलनाथ गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।
उनी निमोनियाले सङ्क्रमण हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा मङ्गलबारदेखि भर्ना भई उपचाररत छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीका अनुसार मन्त्री गिरी सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्ने भएका छन् ।