काठमाडौं, १९ चैत– जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुँदै छन् ।

नेपाली समय अनुसार साँझ सवा ५ बजे हुने खेलमा लिभरपुलले एभर्टनको सामना गर्दैछ ।
यस्तै, पौने ८ बजे बर्नली र टोटनह्याम हट्स्पर, चेल्सी र क्रिष्टल प्यालेस, हल सिटी र वेष्टहाम युनाइटेड, लेष्टर सिटी र स्टोक सिटी, म्यान्चेष्टर युनाइटेड र वेष्टब्रुमबीच आल्बियन तथा वार्टफर्ड र साउथह्यामटन र वोर्नामाउथबीच भिडन्त हुँदैछ ।
प्रतियोगिता अन्तर्गत आजै राती सवा १० बजे हुने खेलमा साउथह्याम्पटनले एएफसी बोर्नमाउथको सामना गर्दै छ ।
जारी प्रिमियर लिगको अंक तालिकामा २८ खेलबाट ६९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।
समान खेलबाट ५९ अंक जोडेको टोटनहाम दोस्रो तथा ५७ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ ।