१६ असार २०८३, मंगलबार

प्रचण्डलाई केपी ओलीको प्रश्न, ‘मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने कि देश विकास पनि गर्ने ?

कात्तिक २०, २०७४
प्रचण्डलाई केपी ओलीको प्रश्न, ‘मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने कि देश विकास पनि गर्ने ?

कठमाडौं, १९ चैत– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार र मधेसी मोर्चाबीच देश बनाउन नभइ देश भाँड्न वार्ता भइरहेको बताएका छन् । मधेसी मोर्चासँगको वार्ताले देशलाई निकास नदिने उनको भनाइ छ ।

काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘निर्वाचनलाई भाँड्न फेरि अर्को र्याङर्याङ सुरु भएको छ ।’ ओलीले संविधान संशोधनका लागि फेरि नयाँ बुँदा थपिएको भन्दै व्यंग पनि गरे ।

‘सिंहदरबारमा दिन दिनै मोर्चासँग वार्ता भइरहेको छ । त्यो वार्ता देश बनाउन होइन भाँड्न हो,’ प्रधानमन्त्री प्रचण्डप्रति लक्षित ओलीले प्रश्ने गरे, ‘यो मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने हो कि देश पनि विकास गर्ने हो ?’

ओलीले स्थानीय चुनाव पछि अरु पार्टीहरुको साइनबोर्ड मात्रै बाँकी रहने पनि दावी गरे । ‘अहिलेका कयौं राजनीतिक दलहरु केटाकेटीमा रहँदा भाडाकुटी खेलेजस्ता छन्,’ ओलीले भने, ‘चामल हुँदैनथ्यो, तर खेल खेल्थे । अहिले पनि त्यस्तै छ । साइनबोर्ड झण्ड्याएका छन् कार्यकर्ता छैनन् ।’

ओलीले कार्यकर्तालाई एकछिन रमाइलो पनि गराए । आफूलाई गीत गाउन नआउने बताउँदै ओलीले गीतकै भाकामा भने, ‘फर्क फर्क नेपाली दाजुभाई एमालेमै फर्क ।’

निर्वाचन भाँड्नका लागि फेरि बजारमा बामपन्थी एकता हुनुपर्ने भनेर हल्ला फिजाइएको पनि ओलीले बताए । ‘फेरि बजारमा हल्ला चलाइएको छ बामपन्थी एकता हुनुपर्छ भनेर । त्यो हल्ला चलाइएको पनि एकता भाँड्नेहरुले हो । अब तिमीहरुले एकता चाहेको भए विदेशीको बलमा किन एकता भाँडे,’ ओलीले भने ।

एमालेले शनिबार राप्रपाका सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका तत्कालिन उम्मेदवार धर्मराज भण्डारीसहित १५ सयलाई पार्टी प्रवेश गराएको दावी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्