२४ जेठ २०८३, आइतबार

म्यादी प्रहरी बन्ने सपना लिएर दौडिएका किशोरकुमारको ज्यान गयो

कात्तिक २०, २०७४
म्यादी प्रहरी बन्ने सपना लिएर दौडिएका किशोरकुमारको ज्यान  गयो


खोटाङ, १९ चैत - म्यादी प्रहरीमा छनोटमा पर्न दौडँदा बेहोस भएर ढलेका खोटाङका एक युवकको मृत्यु भएको छ ।

केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको आज बेलुका मृत्यु भएको हो ।

स्थानीय निकायको निर्वाचनका लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरी छनोटमा दौडँदा बेहोस भएर ढलेका निरौलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुङ्गासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पु¥याइएको थियो ।

अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको जिप्रका, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

salt training

कमेन्ट गर्नुहोस्