काठमाडौँ, २० चैत - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबारबाट मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ सुरु हुने बताएका छन् ।
आयोगले एक करोड ४० लाखभन्दा बढी मतदाता हुने अनुमान गरेको छ भने आइतबार बस्ने बैठकले मतदाताको ठ्याक्कै सङ्ख्या सार्वजनिक गर्ने जनाएको छ, गोरखापत्रमा खबर छ ।