काठमाडौं–नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।