काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र उनका चिनियाँ समकक्षी सोङ ताओले मंगलवार हस्ताक्षर गरेका हुन् ।
राजधानी काठमाडौंस्थित एक होटलमा भएको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को समेत उपस्थिति थियो ।
विदेश विभाग प्रमुख ताओको नेतृत्वमा सीपीसीको टोली सोमवार नेपाल आएको थियो ।
दुवै देशका प्रमुख कम्युनिस्ट पार्टी सहभागी दुईदिने अन्तरक्रिया राजधानीमा जारी छ ।