२५ असार २०८३, बिहीबार

सर्वोच्चको आदेशपछि काममा फर्किए औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल

सर्वोच्चको आदेशपछि काममा फर्किए औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल

काठमाडौं– औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुन: नारायण ढकालले कार्यभार सम्हालेका छन् ।

सर्वाेच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो ।

महानिर्देशक ढकालले भने, 'मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।'

स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औं तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो । 

उनले मन्त्रालयको सो निर्णय कार्यान्वनयन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । साउन २१ गते रिटमाथि सुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वाेच्चले आदेश दिएको थियो ।   

मन्त्रालयले  दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।

सर्वाेच्च अदालतको अन्तरिम आदेश आएको करीब दश दिनसम्म मन्त्रालयले उनलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्