जाजरकोट – नगर क्षेत्रको दैनिक काम व्यवस्थित गर्न जाजरकोटको भेरी नगरपालिकाले ३४ वटा कानून निर्माण गरेको छ ।
विसं २०७४ देखि २०७६ साउनसम्म नगरपालिका कार्यविभाजन नियमावलीदेखि नगरप्रहरी सञ्चालन तथा व्यवस्थापनलगायत ३४ कानून निर्माण भइसकेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
त्यस्तै कार्यसम्पादन नियमावली, प्रशासकीय कार्यविधि ऐन, स्थानीय शिक्षा ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, न्यायिक समिति कार्यविधि, सहकारी ऐन, सामुदायिक संस्था परिचालन तथा व्यवस्थापन, स्थानीय कानून निर्माणको परामर्श सेवा शुल्क मापदण्ड, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि पनि निर्माण भैसकेका छन् ।
त्यस्तै (घ) वर्गका निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, बजार अनुगमन निर्देशिका, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, करारमा कर्मचारी व्यवस्थापन कार्यविधि, आयोजना व्यवस्थापन कार्यविधि, पदाधिकारी र कर्मचारी सेवा सुविधा निर्देशिका सम्बन्धी कानून बनेको छ ।
आर्थिक सहायता सम्बन्धी कार्यविधि, कृषि विकास कार्यक्रम कार्यविधि, सार्वजनिक परीक्षण कार्यविधि, अपाङ्ता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि पारित भएको छ ।
सबै कानून निर्माण भई स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिए ।
जाजरकोट सदरमुकामा ‘सुन्दर नेपाल नामक’ संस्थाले सुशासनका लागि उक्त नगरपालिकाले कति कानून बनाएर लागू गरेको भन्ने अनुगमन तथा अन्तक्र्रियाका क्रममा सो तथ्य सार्वजनिक गरिएको थियो ।