
काठमाडौं–एनआइसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा. लि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच छूटसम्बन्धि सम्झौता भएको छ ।
मंगलवार सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।
सम्झौता अनुसार, एनआइसी एशिया बैंकका ग्राहकहरूले मोबाइल बैंक एप प्रयोग गरी क्यूआरमार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छूट पाउनेछन् ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ ।
आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सकिने बैंकले जनाएको छ ।