२३ जेठ २०८३, शनिबार

क्युबामा अमेरिकी र क्यानडाली कूटनीतिकर्मीमाथि सोनिक आक्रमण ? यस्तो हो वास्तविकता

क्युबामा अमेरिकी र क्यानडाली कूटनीतिकर्मीमाथि सोनिक आक्रमण ? यस्तो हो वास्तविकता

काठमाडौं – सन् २०१६ मा क्युबाको राजधानी हवानामा अमेरिकी र क्यानडाली कूटनीतिकर्मीहरूलाई लागेको रोगको सम्बन्ध जिका भाइरससँग लड्न छर्किएको कीटनाशकका कारण भएको एक नयाँ अध्ययनले देखाएको छ । 

त्यतिखेर कूटनीतिकर्मीहरूले चक्कर लागेको, कान बजेको, पीडा भएको, दृष्टि धमिलो भएको अनि ध्यान केन्द्रित गर्न गाह्रो परेको भनी गुनासो गरेका थिए । अमेरिकाको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कर्मचारीहरूमाथि सोनिक डिभाइसहरूबाट श्रवण आक्रमण गरिएको चिन्ता व्यक्त गरेका थिए । यो रहस्यमयी रोगलाई हवाना सिन्ड्रोम भनिएको थियो । 

कूटनीतिकर्मीहरूलाई संघीय निकाय र सरकारी वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । उनीहरूलाई सिनेटमा सुनुवाइको केन्द्रमा राखिएको थियो । 

क्युबाली सरकारले घटनामा संलग्नता रहेको कुरालाई अस्वीकार गरेको थियो । 

राष्ट्रपति डोनल्ड ट्रम्पले क्युबालीहरूले कूटनीतिकर्मीहरूलाई बिरामी बनाएको सन् २०१७ मा आरोप लगाएका थिए । 

अगस्ट २०१८ देखि फेब्रुअरी २०१९ सम्म २६ जना क्यानडाली कूटनीतिकर्मीमाथि गरिएको परीक्षणले कीटनाशकका कारण कोलिनेस्टेरेसमा समस्या आएको बताए । कोलिनेस्टेरेस स्नायु प्रणालीलाई सुसञ्चालन गर्ने एन्जाइम हो । 

अनुसन्धाताहरूका अनुसार, त्यतिखेर क्युबाले जिका भाइरस फैलिनबाट रोक्नका लागि घरभित्र र बाहिर व्यापक रूपमा धूवाँ छाडेको थियो । क्यानडा दूतावासमा अनि कर्मचारीको घरमा मानिसहरूले लाम्खुट्टे मार्न कीटनाशक छरेको दूतावासको रेकर्डमा पनि देखिन्छ । त्यसैबेलामा मानिसहरूले गाह्रो परेको गुनासो गरेका थिए ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्