२६ जेठ २०८३, मंगलबार

ट्रकको ठक्करबाट गोकर्णेश्वरमा एक बालकको मृत्यु

ट्रकको ठक्करबाट गोकर्णेश्वरमा एक बालकको मृत्यु

काठमाडौं–गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज (म‌ंगलवार) बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो । 
    
गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिए।

उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्